फिफावरीयतामा नेपालको दुई स्थान सुधार

फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल दुई स्थान सुधार गर्दै १ सय ६७ औं स्थानमा पुगेको छ । यसअघि नेपाल १६९ औं स्थानमा थियो ।

नेपालले १५ माघ र १८ माघमा गरी अफ्रिकन राष्ट्र मरिसस विरुद्ध घरेलु मैदानमा दुई मैत्रीपूर्ण खेल खेलेको थियो र दुवैमा विजयी भएको थियो ।

दक्षिण एसियाली देशमा तुलना गर्दा नेपाल तेस्रो स्थानमा छ । नेपाल भन्दा अगाडि रहेका भारत एक स्थान सुधार गर्दै १ सय ४ औं र माल्दिभ्स १ सय ७ औं स्थानमा छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्