बेनिघाट रोराङको गोईराङ आविमा अभिमुखिकरण कार्यक्रम सञ्चालन

बेनिघाट रोराङ गाउँपालिकाको वडा नं १० को गोईराङ आधारभुत बिद्यालयमा १ दिने अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिएको छ।बिद्यालयमा बालबालिकाहरुको सिकाई उपलब्धि बृद्धि गराउन चाईल्ड फण्ड जापानको साझेदारीमा प्रयास नेपाल धादिङले बिद्यालयमा संचालन गर्न लागेको सुनौलो भबिस्यका लागि शिक्षा कार्यकम अन्तरगत बिहिबार वडा नं १० को गोईराङ आधारभुत बिद्यालय यारवाङमा अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिएको हो ।

गोईराङ आधारभुत बिद्यालय ताक्थलीमा सुनौलो भबिस्यका लागि शिक्षा परियोजनाबाट आगामी दिनमा संचालन हुने क्रियाकलाप,संचालन प्रक्रिया, अनुमानित बजेटका बारेमा प्रयास नेपाल धादिङका सहायक कार्यक्रम अधिकृत सुरज श्रेष्ठले सहजिकरण गर्नुभएको प्रयास नेपाल धादिङका सहायक कार्यक्रम अधिकृत दिप्ति जोशीले जानकारी दिनुभयो।

कोभिड संक्रमणको अवस्थालाई ध्यान दिदै कार्यक्रम गर्दा नेपाल सरकारले तोकेको मापदण्ड अनुसारको साबधानि अपनाएर अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको जोशीले बताउनुभयो।

बालबलिकाको बिद्यालयसम्म पहुँच बढाउन,बालबालिका उपस्थिति तथा नियमितता गराउन र बालबालिकाहरुको सिकाई उपलब्धि सुधारका लागि बालबालिकालाई केन्द्रबिन्दुमा राखेर कार्यक्रम संचालन गरिएको प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले बताउनु भयो।

कार्यक्रमले बालबालिकाको सिकाई उपलब्धि बृद्धि गर्न सम्बन्धित पक्ष बिद्यालयका व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, शिक्षक तथा सरोकारवालाहरुसँग सहकार्य तथा गाउँपालिकासँगको समन्वयमा कार्यक्रम संचालन गर्न लागिएको पनि कार्यकारी निर्देशक अर्यालले जानकारी दिनु भयो।

कार्यक्रममा बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष वकिल बहादुर मगर, शिक्षक सरु गुरुङ सहित विव्यस सदस्यहरु,शिक्षक अभिभावक संघका अध्यक्ष सहित सदस्यहरु, अभिभावक, बालक्लबका सदस्यहरु र शिक्षकहरु लगायत २५ जनाको उपस्थिति रहेको प्रयास नेपाल धादिङका दिप्ति जोशीलेले जानकारी दिनुभयो ।

बिद्यालयमा बालबालिकाहरुको सिकाई उपलब्धि बृद्धि गराउन दिर्घकालिन उद्धेश्य राखेर चाईल्ड फण्ड जापानको साझेदारीमा प्रयास नेपाल धादिङले बेनिघाट रोराङ गाउँपालिकाको वडा नं ६, ८ र १० का १९ बिद्यालयमा सुनौलो भबिस्यका लागि शिक्षा कार्यकम संचालन गर्दै छ।

No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्