सहकारीका व्यवस्थापक तथा संचालकका लागि ३ दिने क्षमता अभिबृद्धि तालिम

नेत्रावती डबजोङ गाउपालिकामा सहकारी संस्थाका ब्यबस्थापक तथा संचालकहरुका लागि सञ्चालित ३ दिने क्षमता अभिबृद्धि तालिम सम्पन्न भएको छ।

नेत्रावती डबजोङ गाउपालिकाको आयोजना तथा DPO Nepal को समन्वयमा मंगलबारदेखी सञ्चालन भएको तालिममा साकोसको सिद्धान्त र आधारभुत मूल्य मान्यता, सहकारीको बृद्धि तथा विकास र गुणस्तरीय सेवा सुनिश्चितताको लागि व्यवस्थापकको भूमिका, व्यवस्थापकसँग हुनु पर्ने ज्ञान, सीप र क्षमता, दीगो सहकारीको लागि व्यवस्थापकको भूमिका लगाएतका विषयमा छलफल गरिएको थियो।

नेत्रावती डबजोङ गाउँपालिकाका सहकारी शाखा प्रमुख अनुप लामिछाने, DPO Nepal का कोषाध्यक्ष बद्री अधिकारी र श्रोत साकोषका कार्यकारी निर्देशक दयानिधि नेपालले सहजीकरण गर्नु भएको तालिममा गाउपालिका भित्र आबद्ध सहकारी संस्थाका ३० जना सहकारीकर्मीहरुको सहभागिता रहेको थियो ।

बिहिबार तालिमको समापन गर्दै गाउँपालिका अध्यक्ष दुर्गकुमार शाक्यले सहभागीहरुलाई प्रमाणपत्र वितरण गरि तालिमबाट सिकेको ज्ञान र सीपलाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो।यस्तै गाउँपालिकाका उपाध्यक्ष उर्मिला तामाङ(गुरुङ) र प्रमुख प्रशासकिय अधिकृत श्याम कृष्ण पौडेलले सहकारी व्यवसायको अभिबृद्धि र स्थायित्वका लागि ब्यबस्थापक तथा संचालकहरुलाई क्षमता अभिवृद्धि तालिम महत्वपूर्ण हुने बताउनुभयो।

प्रमुख प्रशासकिय अधिकृत पौडेलको अध्यक्षतामा सम्पन्न भएको तालिममा गाउँपालिका अध्यक्ष शाक्यको प्रमुख आतिथ्य तथा उपाध्यक्ष तामाङको बिशेष आतिथ्यता रहेको थियो ।

तालिममा वडा न १ का वडा अध्यक्ष चन्द्र बहादुर पल्ली मगर,वडा न २ का वडा अध्यक्ष सुन्दर थापा, वडा न ४ का वडा अध्यक्ष तिल बहादर गुरुङ, वडा न ५ का वडा अध्यक्ष डम्बर बहादुर अधिकारीको आतिथ्यता रहेको थियो ।तालिममा सहभागीहरुलाई सक्रिय सहभागीताको प्रमाण–पत्र प्रदान गरिएको थियो।कोभिड संक्रमणको अवस्थालाई ध्यान दिदै कार्यक्रम गर्दा नेपाल सरकारले तोकेको मापदण्ड अनुसारको साबधानि अपनाएर तालिम सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ।

No description available.
No description available.
No description available.
No description available.

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्