सङ्क्रमित हुने घट्दै गएपनि ज्यान गुमाउने बढ्दै:११२८ सङ्क्रमित थपिदा १४ को मृत्यु

नेपालमा केही दिनयता कोभिड–१९ (कोरोना भाइरस) का नयाँ सङ्क्रमितको सङ्ख्या घट्दै गए पनि ज्यान गुमाउनेको सङ्ख्या भने बढ्दै गएको छ।

पछिल्लो २४ घण्टामा देशभर २० हजार ९८९ नमुना परीक्षण गर्दा ११ सय २८ जना नयाँ सङ्क्रमित थपिएकामा १४ जनाले ज्यान गुमाएका हुन्।यस्तै थप २ हजार २१५ संक्रमित डिस्चार्ज भएका छन्।

देशभरका प्रयोगशालाबाट आज १७ हजार ४४७ जनाको पीसीआर गर्दा ६६६ जना र ३ हजार ५४२ जनाको एन्टिजेन परिक्षणमा ४६२ गरी ११ सय २८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

यो सँगै देशभर सक्रिय संक्रमितको संख्या २७ हजार ४४१ पुगेको छ। बिहिबार १३ सय ६९ संक्रमित थपिएका थिए। यो सँगै देशभर संक्रमित हुनेको संख्या ११ लाख ९ हजार ११४ पुगेको छ भने संक्रमित भई निको हुनेको सङ्ख्या ९ लाख ३२ हजार ८२२ पुगेको छ।

सङ्क्रमणका कारण हालसम्म मृत्यु हुनेको संख्या एघार हजार ८७८ पुगेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्