पछिल्लो २४ घण्टामा धादिङमा थपिए आठ संक्रमित,१२ संक्रमित निको

पछिल्लो २४ घण्टामा धादिङमा नौ एण्टीजेन परिक्षण गर्दा ८ जनाको कोरोना पोजिटिभ देखिएको छ।

थप १२ संक्रमित निको भएका छन्। आज ज्वालामुखीमा ४, गंगाजमुनामा ३ र धुनिबेसिमा १ गरी ८ जनाको कोरोना पोजिटिभ देखिएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ। योसँगै जिल्लामा सक्रिय संक्रमित १ सय १६ जना बाँकी रहेका छन्।संक्रमित ११६ जनानै होम आइसोलेसनमा रहेका छन्।

धादिङमा कोरोना संक्रमण दर(पर्सेन्टेज पोजिटिभिटी रेट) ८८ दशमलव ८ प्रतिशत रहेको छ ।बिहिबार ९ संक्रमित थपिएका थिए। जिल्लामा अहिलेसम्म संक्रमित हुनेको सङ्ख्या १० हजार ४५२ पुगेको छ।

संक्रमित मध्ये ९ हजार २७५ निको भईसकेका छन् भने संक्रमणका कारण ८१ जनाले ज्यान गुमाएका छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्