देशभर ५२१ नयाँ सङ्क्रमित थपिदा ३ हजार ९३५ संक्रमित डिस्चार्ज

धादिङ,०१ फागुन ।

पछिल्लो २४ घण्टामा देशभर १० हजार ११५ नमुना परीक्षण गर्दा ५ सय २१ जना नयाँ सङ्क्रमित थपिदा ३ हजार ९३५ संक्रमित डिस्चार्ज भएका छन्।

देशभरका प्रयोगशालाबाट आज ६ हजार ३७ जनाको पीसीआर गर्दा ४ सय २७ जना र ४ हजार ७८ जनाको एन्टिजेन परिक्षणमा ९४ गरी ५ सय २१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह–प्रवक्ता डा.समिर कुमार अधिकारीले प्रेस बिफ्रिङका क्रममा बताउनुभयो ।

यो सँगै देशभर सक्रिय संक्रमितको संख्या २२ हजार ५८४ पुगेको छ। शनिबार ८ सय ३६ संक्रमित थपिएका थिए। यो सँगै देशभर संक्रमित हुनेको संख्या ११ लाख १० हजार ४७१ पुगेको छ भने संक्रमित भई निको हुनेको सङ्ख्या ९ लाख ३८ हजार ५८३ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा संक्रमणका कारण १० जनाको मृत्यु भएको छ।योसँगै सङ्क्रमणका कारण हालसम्म मृत्यु हुनेको संख्या एघार हजार ८९२ पुगेको मन्त्रालयका सह–प्रवक्ता डा. अधिकारीले बताउनुभयो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्