५ एन्टिजेन परिक्षण गर्दा धादिङका एक जनामा कोरोना संक्रमण पुष्टि

धादिङ,०१ फागुन ।

धादिङको गजुरी गाउँपालिकाका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लामा गरीएको ५ एन्टिजेन परिक्षण मध्ये १ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ।

यस्तै आईतबार १० संक्रमित डिस्चार्ज भएका छन् । जिल्लामा अब सक्रिय संक्रमित ८५ जना बाँकी रहेका छन्। संक्रमित मध्ये ८३ जना होम आइसोलेसनमा र २ जना अस्पताल आइसोलेसनमा रहेका छन् ।  धादिङमा कोरोना संक्रमण दर(पर्सेन्टेज पोजिटिभिटी रेट) २० प्रतिशत रहेको छ ।

शनिबार ४ संक्रमित थपिएका थिए। जिल्लामा अहिलेसम्म संक्रमित हुनेको सङ्ख्या १० हजार ४५७ पुगेको छ।संक्रमित मध्ये ९ हजार ३११ निको भईसकेका छन् भने संक्रमणका कारण ८१ जनाले ज्यान गुमाएका छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्