७४७ जना नयाँ संक्रमित थपिदा २ हजार ३१९ संक्रमित डिस्चार्ज

धादिङ,०२ फागुन ।
पछिल्लो २४ घण्टामा देशभर ८ हजार ६९६ नमुना परीक्षण गर्दा ७ सय ४७ जना नयाँ सङ्क्रमित थपिदा २ हजार ३१९ संक्रमित डिस्चार्ज भएका छन्।

देशभरका प्रयोगशालाबाट आज ६ हजार २७९ जनाको पीसीआर गर्दा ४ सय ८२ जना र २ हजार ४१७ जनाको एन्टिजेन परिक्षणमा २६५ गरी ७ सय ४७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।

यो सँगै देशभर सक्रिय संक्रमितको संख्या २० हजार ७३९ पुगेको छ। आईतबार ५ सय २१ संक्रमित थपिएका थिए। यो सँगै देशभर संक्रमित हुनेको संख्या ११ लाख ११ हजार २१८ पुगेको छ भने संक्रमित भई निको हुनेको सङ्ख्या ९ लाख ४० हजार ९०२ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा संक्रमणका कारण ८ जनाको मृत्यु भएको छ। योसँगै सङ्क्रमणका कारण हालसम्म मृत्यु हुनेको संख्या एघार हजार ९०० पुगेको मन्त्रालयको तथ्याङकमा उल्लेख छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्