धादिङमा आज ३ जनामा कोरोना संक्रमण पुष्टि,सक्रिय केश ८६

धादिङ,०२ फागुन ।
पछिल्लो २४ घण्टामा धादिङमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २ संक्रमित संक्रमणमुक्त भएका छन् ।

आज जिल्लाभर गरीएको ५ एन्टिजेन परीक्षणमध्ये गंगाजमुना गाउँपालिकाका ३ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ ।

यस्तै आईतबार थप १० संक्रमित डिस्चार्ज भएका छन् ।जिल्लामा अब सक्रिय संक्रमित ८६ जना बाँकी रहेका छन्। संक्रमित मध्ये ८४ जना होम आइसोलेसनमा र २ जना अस्पताल आइसोलेसनमा रहेका छन् ।

धादिङमा कोरोना संक्रमण दर(पर्सेन्टेज पोजिटिभिटी रेट) ६० प्रतिशत रहेको छ ।आईतबार गजुरीका एक जनामा संक्रमण पुष्टि भएको थियो।

जिल्लामा अहिलेसम्म संक्रमित हुनेको सङ्ख्या १० हजार ४६० पुगेको छ।संक्रमित मध्ये ९ हजार ३१३ निको भईसकेका छन् भने संक्रमणका कारण ८१ जनाले ज्यान गुमाएका छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्