बेनीघाटमा निःशुल्क सेनेटरी प्याड वितरण केन्द्र स्थापना

धादिङको बेनीघाट रोराङ गाउँपालिका–५ बेनीघाट बजारमा निःशुल्क सेनेटरी प्याड वितरण केन्द्र स्थापना गरिएको छ ।

महिला दिदि बहिनीहरुका लागि सेनेटरी प्याड अति आवश्यक भन्ने खुल्ला सोचको विकास गर्ने उद्देश्यका साथ बेनीघाटमा रहेको कपडा घर संस्थाले सोमबार प्रणय दिवसको अवसरमा निःशुल्क सेनेटरी प्याड वितरण केन्द्र स्थापना गरिएको कपडा घरका संचालक दिपेश कँडेल बताउनुभयो ।

केन्द्र स्थापनाको लागि बेनिघाट रोराङ गाउपालिका र प्रहरीले सहयोग गरेको कडेलले बताउनुभयो। आर्थिक अवस्था कमजोर भएका र अति आवश्यक परेका युवतीहरुले केन्द्रबाट प्याडको निशुल्क उपयोग गर्न सक्ने कडेलले बताउनुभयो ।

बेनीघाटका स्थानीयहरुले विगत केहि वर्ष देखि असाह्य गरिव तथा विपन्नहरुको लागि निशुल्क कपडा घर समेत संचालन गरि रहेका छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्