एमाले खनियाबासद्वारा मृगौल पिडित तामाङलाई आर्थिक सहयोग

नेकपा एमाले खनियावास गाउँपालिकाले मृगौला पिडित ख्रष्टिमायाँ तामाङलाई आर्थिक सहयोग गरेको छ।

विगत ६ महिना देखि मृगौला फेल भई पोखरामा पोखरा स्थित मणिपाल शिक्षण अस्पतालमा उपचारत खनीयाबास गाउँपालिका वडा नम्बर १ झर्लाङ निवासी ३५ वर्षीया तामाङलाई एमाले खनियावासले ५४ हजार ९४० रुपैयाँ नगद सहयोग गरेको हो ।

गाउँकमिटीले संकलन गरेको उक्त रकम नेकपा एमाले प्रदेश कमिटि सदस्य मंग तामाङ, नेकपा एमाले जिल्ला कमिटि सदस्य इमान तामाङ, वडा कमिटि अध्यक्ष अब्राहम तामाङले पमृगौला पिडीतलाई हस्तान्तरण हुन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्