७ हजार ९५ नमुना परीक्षणमा ६८० नयाँ संक्रमित थपिए, २ जनाको मृत्यु

धादिङ,०३ फागुन।
पछिल्लो २४ घण्टामा देशभर ७ हजार ९५ नमुना परीक्षण गर्दा ६ सय ८० जना नयाँ सङ्क्रमित थपिदा १ हजार ८३५ संक्रमित डिस्चार्ज भएका छन्।

देशभरका प्रयोगशालाबाट आज ४ हजार २५६ जनाको पीसीआर गर्दा ४ सय ९८ जना र २ हजार ८३९ जनाको एन्टिजेन परिक्षणमा १८२ गरी ६ सय ८० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।

यो सँगै देशभर सक्रिय संक्रमितको संख्या १९ हजार ४०० पुगेको छ। सोमबार ७ सय ४७ संक्रमित थपिएका थिए। यो सँगै देशभर संक्रमित हुनेको संख्या ११ लाख ११ हजार ८९८ पुगेको छ भने संक्रमित भई निको हुनेको सङ्ख्या ९ लाख ४२ हजार ७३७ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा संक्रमणका कारण २ जनाको मृत्यु भएको छ। योसँगै सङ्क्रमणका कारण हालसम्म मृत्यु हुनेको संख्या एघार हजार ९०२ पुगेको मन्त्रालयको तथ्याङकमा उल्लेख छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्