धादिङमा आज १० नमुना परिक्षणमा २ कोरोना पोजिटिभ

धादिङ,०३ फागुन।
पछिल्लो २४ घण्टामा धादिङमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३ संक्रमित संक्रमणमुक्त भएका छन् ।

आज जिल्लाभर गरीएको १० एन्टिजेन परीक्षणमध्ये गजुरी गाउँपालिकाका १ जना र ज्वालामुखीका १ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ ।

जिल्लामा अब सक्रिय संक्रमित ८४ जना बाँकी रहेका छन्। संक्रमित मध्ये ८१ जना होम आइसोलेसनमा र ३ जना अस्पताल आइसोलेसनमा रहेका छन् । धादिङमा कोरोना संक्रमण दर(पर्सेन्टेज पोजिटिभिटी रेट) २० प्रतिशत रहेको छ ।

सोमबार तिन संक्रमित थपिएका थिए। जिल्लामा अहिलेसम्म संक्रमित हुनेको सङ्ख्या १० हजार ४६२ पुगेको छ।संक्रमित मध्ये ९ हजार ३१६ निको भईसकेका छन् भने संक्रमणका कारण ८१ जनाले ज्यान गुमाएका छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्