विद्यालय समयमा पढाउन छोडेर लोक सेवा,शिक्षक सेवा आयोगको कक्षामा हाजिर नह्न शिक्षकलाई निर्देशन

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यालय समयमा नियमित पठनपाठनबाहेकका काम नगर्न सामुदायिक विद्यालयका शिक्षकहरूलाई सचेत गराएको छ।केन्द्रले मङ्गलवार देशैभरका शिक्षा विकास तथा समन्वय इकाइलाई पत्र लेख्दै विद्यालय समयमा नियमित पठनपाठन भए÷नभएको बारे अनुगमन गर्न भनेको हो ।

सामुदायिक विद्यालयका शिक्षकहरू विद्यालयको समयमा लोक सेवा आयोग, शिक्षक सेवा आयोग लगायतका तयारी कक्षा, कोचिङ कक्षामा पढ्ने/पढाउने तथा त्यससँग सम्बन्धित अनलाइन कक्षामा सामेल हुने गरेको गुनासो आएको केन्द्रका निर्देशक वसन्तप्रसाद कोइरालाले शिक्षा विकास तथा समन्वय इकाइलाई लेखेको पत्रमा उल्लेख छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्