नेत्रावति डबजोङमा बाल विवाह अन्त्य सम्बन्धि सचेतना मुलक कार्यक्रम सञ्चालन

नेत्रावति डबजोङ गाउँपालिका–३ सेमजोङमा बाल विवाह अन्त्य सम्बन्धि एक दिने सचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ ।

नेत्रावती डबजोङ गाउँपालिका महिला विकास शाखाको आयोजनामा मंगलबार सेमजोङको चौतारा माध्यमिक बिद्यालय ‘सानि छु बढ्न देउ,बाल विवाह हाईन पढ्न देउ’ भन्ने नाराका साथ बाल विवाह अन्त्य सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न भएको हो।

गाउँपालिकाका उपाध्यक्ष उर्मिला तामाङ गुरूङको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष दुर्गकुमार शाक्यको प्रमुख आतिथ्यता रहेको थियो।

सचेतनामुलक कार्यक्रममा बाल अधिकार, बाल संरक्षण, बाल विवाह, बाल विवाहका कारण, बालविवाहले पार्ने नकारात्मक असरहरू बालविवाह रोकथाम तथा न्युनिकरणमा बालबालिका,महिला समूह, वडा कार्यालय बिद्यालय तथा अन्य सरोकारवालाहरूको काम कर्तव्य र जिम्मेवारी तथा बाल विवाह सम्बन्धी कानुनी व्यवस्था र हुने सजाय लगायतका विषयबस्तुमा प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक तथा गैरसरकारी संस्था महासंघ बागमती प्रदेश अध्यक्ष दामोदर अर्यालले सहजिकरण गर्नु भएको थियो ।

No description available.

कार्यक्रममा चौतारा माध्यमिक बिद्यालय सेमजोङका बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर तामाङ,प्रधानाध्यापक बेग बहादुर तामाङ, चौतारा माविका २० जना छात्र,छात्रा र अन्य सरोकारवालाहरू सहित ३१ जनाको सहभागिता रहेको गाउँपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख बेनिशा जिसिले जानकारी दिनुभयो ।

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष तामाङले नेत्रावती डवजोङ गाउँपालिकालाई बालबिवाह मुक्त गाउँपालिका बनाउने उद्धेश्यका साथ अभियानकै रूपमा सचेतनामुलक कार्यक्रम संञ्चालन गरिएको बताउनु भएको थियो।

No description available.
No description available.
No description available.
No description available.

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्