२४ घण्टामा ६३९ संक्रमित थपिए, तीनको मृत्यु

धादिङ,०४ फागुन।

पछिल्लो २४ घण्टामा देशभर ९ हजार ७५६ नमुना परीक्षण गर्दा ६ सय ३९ जना नयाँ सङ्क्रमित थपिदा १ हजार ६ सय संक्रमित डिस्चार्ज भएका छन्।

देशभरका प्रयोगशालाबाट आज ६ हजार ७८२ जनाको पीसीआर गर्दा ५ सय ४८ जना र २ हजार ९७४ जनाको एन्टिजेन परिक्षणमा १८५ गरी ६ सय ३९ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकी प्रवक्ता डा.संगिता मिश्राले आज प्रेस बिफ्रिङका क्रममा बताउनुभयो ।

यो सँगै देशभर सक्रिय संक्रमितको संख्या १८ हजार २५१ पुगेको छ। मंगलबार ६ सय ८० संक्रमित थपिएका थिए। यो सँगै देशभर संक्रमित हुनेको संख्या ११ लाख १२ हजार ५३७ पुगेको छ भने संक्रमित भई निको हुनेको सङ्ख्या ९ लाख ४४ हजार ३३७ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा संक्रमणका कारण ३ जनाको मृत्यु भएको छ। योसँगै सङ्क्रमणका कारण हालसम्म मृत्यु हुनेको संख्या एघार हजार ९०५ पुगेको मन्त्रालयको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकी प्रवक्ता डा. मिश्राले बताउनुभयो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्