बुधबार धादिङमा ३ संक्रमित थपिदा ३२ संक्रमित डिस्चार्ज

धादिङ,०४ फागुन।

पछिल्लो २४ घण्टामा धादिङका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३२ संक्रमित संक्रमणमुक्त भएका छन् ।

आज जिल्लाभर गरीएको ८ एन्टिजेन परीक्षणमध्ये गजुरी, गंगाजमुना र त्रिपुरासुन्दरी गाउँपालिकामा १÷१ जना गरी ३ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ ।

जिल्लामा अब सक्रिय संक्रमित ५६ जना बाँकी रहेका छन्। संक्रमित मध्ये ५४ जना होम आइसोलेसनमा र २ जना अस्पताल आइसोलेसनमा रहेका छन् । धादिङमा कोरोना संक्रमण दर(पर्सेन्टेज पोजिटिभिटी रेट) ३७ प्रतिशत रहेको छ ।

मंगलबार दुई संक्रमित थपिएका थिए। जिल्लामा अहिलेसम्म संक्रमित हुनेको सङ्ख्या १० हजार ४६५ पुगेको छ।संक्रमित मध्ये ९ हजार ३४८ निको भईसकेका छन् भने संक्रमणका कारण ८१ जनाले ज्यान गुमाएका छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्