बाल बिवाह अन्त्य सम्बन्धि सचेतनामुलक अभियान सन्चालन गर्दै नेत्रावती डबजोङ गाउँपालिका

नेत्रावती डबजोङ गाउँपालिकाका थप २ वटा माविमा बाल विवाह अन्त्य सम्बन्धि एक दिने सचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ ।बिहिबार गाउँपालिकाको कुण्डला माध्यमिक बिद्यालय भोग्टनी र महेन्द्र बारही माध्यमिक बिद्यालय कटुन्जेमा सचेतना मुलक कार्यक्रम सम्पन्न भएको हो।

कुण्डला माध्यमिक बिद्यालयका प्रधानाध्यापक अमृतमान श्रेष्ठको अध्यक्षता तथा गाउँपालिका उपाध्यक्ष उर्मिला तामाङ गुरुङको प्रमुख आतिथ्ययतामा कार्यक्रम सम्पन्न भएको हो भने बिहीबारनै महेन्द्र बाराहि माध्यमिक बिद्यालय व्यवस्थापन समिति डिल बहादुर थापा मगरको अध्यक्षता कार्यक्रम सम्पन्न भएको हो।

No description available.

कार्यक्रममा बाल अधिकार, बाल संरक्षण, बाल विवाह, बाल विवाहका कारण, बालविवाहले पार्ने नकारात्मक असरहरू बालविवाह रोकथाम तथा न्युनिकरणमा बालबालिका, महिला समूह, वडा कार्यालय बिद्यालय तथा अन्य सरोकारवालाहरूको काम कर्तव्य र जिम्मेवारी तथा बाल विवाह सम्बन्धी कानुनी व्यवस्था र हुने सजाय लगायतका विषयबस्तुमा प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक तथा गैरसरकारी संस्था महासंघ बागमती प्रदेश अध्यक्ष दामोदर अर्यालले सहजिकरण गर्नुभएको थियो ।

No description available.

कार्यक्रममा नेत्रावती गाउँपालिका वडा नं ४ का वडाध्यक्ष तिल बहादुर गुरुङ, वडा नं ५ कार्यवाहक वडाध्यक्ष बिन्दु कुमारी गुरङ,महिला बालबालिका शाखा प्रमुख बेल कुमारी घर्ती,शिक्षा अधिकृत देवकी सिम्खडा, वडा नं ४ का वडा सचिव सबिना कोईराला, कुण्डला र महेन्द्र बाराही माध्यमिक बिद्यालयका ५१ जना छात्र छात्रा र अन्य सरोकारवालाहरू गरि ६२ जनाको सहभागिता रहेको नेत्रावती डबजोङ गाउँपालिकाका सुचना प्रविधि अधिकृत ईश्वरी श्रेष्ठ जानकारी दिनुभयो ।

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष तामाङले गाउँपालिकालाई बाल अधिकार, बालसंक्षण,बालबिवाहको बारे सचेतता अभियान मार्फत बाल विवाह मुक्त गाउँपालिका बनाउने उद्धेश्यका साथ कार्यक्रम सञ्चालन गरिएको बताउनु भएको थियो।

No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्