एमालेको साथ खोज्दै कांग्रेस

अमेरिकी सहयोग परियोजना एमसीसी संसद्बाट अघि बढाउने विषयमा सत्तारूढ गठबन्धनभित्र सहमतिको वातावरण बन्ने भन्दा वातावरण झन् विग्रिदै गएको छ ।

गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेस जसरी पनि एमसीसी संसद्बाट अघि बढाउने पक्षमा छ भने गठबन्धनमा आबद्ध दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी संशोधनबिना एमसीसी अघि बढाउनै नसकिने अडानमा छन् । ती दुई दलले बिहीबारको गठबन्धन बैठकमा पनि अडान कायम राखेपछि सरकारको नेतृत्व गरेको दल कांग्रेस विकल्पको खोजीमा अघि बढेको छ । कांग्रेसले प्रमुख प्रतिपक्षी नेकपा एमालेसँगको संवादलाई पनि तीव्रता दिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धन बैठकमा एमसीसी जसरी पनि अघि बढाउने भन्दै सहमति दिन देउवाले माओवादी अध्यक्ष दाहाल र नेकपा एसका अध्यक्ष माधव नेपालसँग बिहीबार पनि आग्रह गरेका थिए ।

तर, ती दुवै दलका अध्यक्षले भने एमसीसीमा थप छलफल गरी संसद्को अवरोध खुलाएर सहमतिमै एमसीसी अघि बढाउनेगरी वातावरण बनाउन प्रधानमन्त्री देउवालाई आग्रह गरेका छन् । यो समाचार आजको राजधानी दैनिकमा छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्