आज कतिमा काराेबार भैरहेकाे छ सुनचाँदी ?

काठमाडौँ,०६ फागुन ।

नेपाली बजारमा आज सुनको भाउ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ तोलामा ४ सय रुपैयाँले बढेर ९६ हजार ५०० रुपैयाँ कायम भएको छ । यसअघि बिहीबार छापावाल सुन तोलाको ९६ हजार १०० रुपैयाँमा  कारोबार भएको थियो ।

यसैगरी, शुक्रबार तेजावी सुनको भाउ तोलाको ९६ हजार रुपैयाँ निर्धारण भएको छ । 

चाँदीको मूल्य पनि १० रुपैयाँले बढेको छ । बिहीबार एक हजार २९५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार एक हजार ३०५ रुपैयाँ निर्धारण भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्