नलाङ बैरेनीमा मोटरसाईकलको ठक्करबाट एक जनाको मृत्यु

धादिङको सिद्धलेक गाउँपालिका वडा नं १ स्थित नलाङ बैरेनीमा मोटर साईकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ।मृत्यु हुनेमा सोही स्थानका पूर्व प्रहरी इन्स्पेक्टर मुक्ती सिग्देल रहेको प्रहरीले जानकारी दिएको छ।

शुक्रबार बिहान सिद्धलेक–२ पात्लेका लोकबहादुर मगरले चलाएको बा.३४ प ५०५२ नम्बरको मोटरसाईकलले मर्निङवाकमा रहेका सिग्देललाई ठक्करदिँदा उहाँको घटनास्थल मै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ।

ठक्कर दिएर मोटर साईकल छाडेर भागेका उक्त मोटरसाईकलका चालक मगरलार्ई प्रहरीले खानीखोलाबाट नियन्त्रणमा लिएको छ। सिग्देलको शव पोष्टमार्टमको लागि धादिङ अस्पताल ल्याईएको प्रहरीले जानकारी दिएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्