चुनावपछि गठबन्धनमा भएकाहरुलाई टर्च बालेर खोज्नुपर्छ : ओली

काठमाडौं, ७ फागुन ।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमलो) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको पाँच दलीय गठबन्धनमा आवद्ध दलहरुलाई अबको चुनावपछि टर्च बालेर खोज्नुपर्ने बताएका छन् ।

आज (शनिबार) सूर्यविनायक नगर अस्पताल उद्घाटन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । उनले अहिलेको पाँच दलीय गठबन्धनलाई पानीमुनि गए पनि नछाड्ने बताएका छन् । ओलीले आगामी चुनावमा एमाले एक्लै लड्ने र चुनावबाट आउने परीणामले पाँच दलीय गठबन्धन पत्तासाफ हुने पनि दाबी गरे । उनले सम्बोधनको क्रममा भनेका छन–‘यो स्वार्थी गठबन्धन टिक्दैन, टिके पनि हामी पानीमुनि गए पनि छाड्दैनौं, फेरि चुनाव आउँछ, त्यसपछि गठबन्धनकाहरुलाई टर्च बालेर खोज्नु पर्छ । देशमा प्रजातन्त्र आएको छ, अब फेरि गतिलो सरकार बन्छ ।’

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्