माधव नेपालको पार्टी एमसीसी टेबुल गर्न दिने पक्षमा उभियो

काठमाडौं, ७ फागुन।

माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीले एमसीसी संसद्मा टेबुल गर्न दिने निर्णय गरेको छ। आज बसेको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको हो ।

तर, एमसीसीको पक्षमा भने पार्टी नउभिने निर्णय भएको एक नेताले जनाए । तर, एमसीसी टेबुल गर्नको लागि पहिले संसद्को अवरोध हट्नुपर्ने उक्त पार्टीको निर्णय रहेको छ। एमालेले पछिल्ला दिनमा लगातार संसद् अवरुद्ध गरिरहेको छ । यसअघि नेकपा (एकीकृत समाजवादी)ले पनि एमसीसी संसद्मा टेबुल गर्न नदिने अडान लिएको थियो । हिजो बसेको गठबन्धनको बैठकमा अध्यक्ष माधव नेपालले एमसीसी संसद्मा टेबुल गर्न दिनेबारे लचकता अपनाएका थिए । सोहीअनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले भोलि विहान १० बजे गठबन्धनको बैठक बोलाएका छन् ।

प्रधानमन्त्री देउवा गठबन्धनमा सहमति कायम गरेर अघि बढ्न चाहन्छन् । तर, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले भने अहिलेको अवस्थामा एमसीसी सदनमा टेबुल हुन नदिने पक्षमा उभिएका छन् । प्रतिनिधिसभाको बैठक भोलि दिउँसो १ बजे बोलाईएको छ । सरकारले भोलि नै एमसीसी सदनमा टेबुल गर्ने तयारी गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्