देशभर ३५० जनामा कोरोना संक्रमण पुष्टि, थप ४ जनाको मृत्यु

धादिङ,०७ फागुन।

पछिल्लो २४ घण्टामा देशभर ७ हजार ९६ नमुना परीक्षण गर्दा ३ सय ५० जना नयाँ सङ्क्रमित थपिदा १२ सय ७२ संक्रमित डिस्चार्ज भएका छन्।

देशभरका प्रयोगशालाबाट आज ३ हजार ५३८ जनाको पीसीआर गर्दा १९८ जना र ३ हजार ५५८ जनाको एन्टिजेन परिक्षणमा १५२ गरी ३ सय ५० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यो सँगै देशभर सक्रिय संक्रमितको संख्या १३ हजार ३५७ पुगेको छ। शुक्रबार ४ सय ३७ संक्रमित थपिएका थिए। यो सँगै देशभर संक्रमित हुनेको संख्या ११ लाख १३ हजार ८९४ पुगेको छ भने संक्रमित भई निको हुनेको सङ्ख्या ९ लाख ५० हजार ५६ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा संक्रमणका कारण ४ जनाको मृत्यु भएको छ। योसँगै सङ्क्रमणका कारण हालसम्म मृत्यु हुनेको संख्या एघार हजार ९१७ पुगेको मन्त्रालयको तथ्याङकमा उल्लेख छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्