बागमती प्रदेशमा मानव अधिकार उल्लङ्घनका घटनामा ११ सय ८३ जना पीडित

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ सार्वजनिकीकरण तथा सन् २०२१ को मानव अधिकार अवस्था विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।शुक्रबार हेटौँडामा उच्च अदालत पाटन हेटौँडा इजालसका न्यायाधीश मेरिना श्रेष्ठले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ को सार्वजनिकीकरण गर्नुभएको हो ।

उक्त नेपाल मानव अधिकार वर्ष पुस्तकमा सन् २०२१ मा बागमती प्रदेशमा भएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा १ हजार १ सय ८३ जना पीडित भएको तथ्याङ्क सार्वजनिक गरिएको छ ।

वर्ष पुस्तक सार्वजनिकीकरण कार्यक्रमका प्रमुख अतिथि न्यायाधीश माननीय मेरिना श्रेष्ठले मानव अधिकारको अभिलेखिकरणमा इन्सेकको भूमिका महत्वपूर्ण रहेको भन्दै मानव अधिकारको सम्बर्धन र संरक्षणमा राज्यको दायित्व भएकोले त्यसबाट राज्य अलग रहन नसक्ने बताउनुभयो।

उहाँले वर्ष पुस्तकको ३० औँ संस्करणमा आइपुग्दा इन्सेकले तथ्याङ्कको अभिलेखिकरणसँगै सङ्घीय संरचनाका तीन तहको सरकारले गरेको कामको पनि समीक्षा पनि पुस्तकमा समेटिएको बताउनु भयो।

उच्च अदालत पाटन हेटौँडाका न्यायाधीश श्रेष्ठले इन्सेकलले अभिलेख गरेको घटनाका पछाडि हुने कारणको खोजीबाट समस्याको पहिचान गर्न सकिने र त्यसको न्युनीकरणका लागि समेत तीनै तहका सरकारलाई सहयोग पुग्ने बताउनुभयो ।

कार्यक्रममा इन्सेक बागमती प्रदेश संयोजक कृष्ण गौतमले राज्यलाई जवाफदेही बनाउन र नागरिकको बाँच्न पाउने अधिकारको रक्षा गर्नका साथै सरकारले मानव अधिकारको क्षेत्रमा प्रत्येक वर्ष गरेको कामको मूल्याङ्कन गर्न नेपाल मानव अधिकार वर्ष पुस्तकमार्फत सार्वजनिक हुने गरेको बताउनु भयो ।

वर्ष २०२१ मा कोभिड महामारीका कारण मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका सबै घटनाहरू कानुनी प्रक्रियासम्म नआइपुगेको देखिएको बताउनु भयो । उहाँले कोभिडका कारण घटनाहरूको अनुगमन तथा प्रलेख गर्ने कार्यमा समेत बाधा पुगेको कारणले गर्दा घटनाहरूको सङ्ख्यामा कमी देखिएको इन्सेक बागमती प्रदेशका संयोजक गौतमले बताउनुभयो ।

कार्यक्रममा इन्सेक बागमती प्रदेशका कार्यक्रम संयोजक गणेश भण्डारीले सन् २०२१ मा बागमती प्रदेशमा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा १ हजा १ सय ८३ जना पीडित भएको बताउनुभयो ।

इन्सेक जिल्ला प्रतिनिधिहरूमार्फत सङ्कलित अभिलेख अनुसार यस वर्ष बागमती प्रदेशमा मानव अधिकार उल्लङ्घनका घटनामा ३४ जना महिला र २ सय ४९ पुरुष गरी जम्मा २ सय ८३ जना तथा ज्यादतीका घटनामा ८ सय ४२ जना महिला, ४८ जना पुरुष, जम्मा ८ सय ९० जना पीडित भएका छन् ।

यो सङ्ख्या गत वर्षभन्दा ८१ जनाले बढी हो । यस वर्ष राज्य पक्षबाट हिरासतमा एक जनाको मृत्यु भएको, गिरफ्तारीका घटनामा १० जना, अभिव्यक्ति, भेला तथा सङ्गठित हुने अधिकारमा ३४ जना महिला र १ सय ८१ जना पुरुष गरी जम्मा २ सय १५ जना पीडित भएको इन्सेकमा अभिलेख भएको उहाँले बताउनुभयो ।

यस्तै महिलाविरुद्ध हुने सबै प्रकारका दुर्व्यवहार घटनामा सन् २०२१ मा यस प्रदेशमा ३ सय ८९ जना पीडित भएको इन्सेक वर्ष पुस्तकमा अभिलेख गरिएको छ । यस वर्ष बेचबिखनका प्रयासका घटनामा सात जना, घरेलु हिंसाका घटनामा ३२ जना, कथित बोक्सीको आरोपमा पाँच जना, बलात्कारका घटनामा १ सय ८७ जना, बलात्कार प्रयासका घटनामा ३२ जना, यौन दुर्व्यवहारको घटनामा २६ जना र बेचबिखनका घटनामा सात जना महिला पीडित भएको अभिलेख भएको छ ।

यस वर्ष बाल अधिकार उल्लङ्घनका घटनामा ४ सय २४ जना पीडित भए। जसमध्ये बलात्कारका घटनामा ३ सय ३, यौन दुर्व्यवहारको घटनामा ३ जना बालक सहित १ सय ७ जना, बालबिवाहका पाँच र विद्यालयमा शारीरिक सजाय दिइएका १ घटनामा बालबालिका पीडित भएको इन्सेकको वर्ष पुस्तकमा राखिएको छ । अघिल्लो वर्ष सन् २०२१ मा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा १ हजार ९२ जना पीडित भएका थिए ।

कार्यक्रममा बागमती प्रदेशबाट मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना सङ्कलन र पीडितको न्यायका लागि बागमती प्रदेशबाट उत्कृष्ट प्रतिनिधिमा छनौट हुनु भएका सिन्धुपाल्चोक जिल्ला प्रतिनिधि नातिबावु धिताललाई नगद ७ हजार रुपैयाँ सहित सम्पान पत्र र इन्सेकको लोगोसहितको प्रतिक चिह्नद्वारा सम्मान तथा पुरस्कृत गरिएको थियो ।

सन् १९९२ देखि इन्सेकले हरेक वर्ष प्रजातन्त्र दिवसको दिन नेपाल मानव अधिकार वर्ष पुस्तकको इन्सेक केन्द्रीय कार्यालयले एक कार्यक्रमार्फत बिमोचन गर्दै आएको छ भने सातै प्रदेशमा सार्वजनिकीकरण गर्दै आएको छ ।

No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्