आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा काठमाडौंमा गोली चल्यो

काठमाडौँ, ८ फागुन ।

प्रतिनिधिसभामा अमेरिकी सहयोग सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) टेबल भएपछि काठमाडौंको बानेश्वर क्षेत्र तनाबग्रस्त भएको छ । काठमाडौंको बिजुलीबजारमा आन्दोलनकारी र प्रहरीबीच झडप भएको छ । दुई पक्षीय झडपका कारण अहिले बिजुली बजार क्षेत्र तनावग्रस्त बनेको छ ।आन्दोलनले उग्र रुप लिएपछि प्रहरीले नियन्त्रणका लागि प्रदर्शनकारीमाथि रबरको गोली प्रहार गरेको छ ।

एमसीसीको विरोधमा उत्रेका प्रदर्शनकारीहरूलाई यसअघि पनि प्रहरीले अश्रुग्यास प्रहार गर्नुका साथै पानीको फोहोरा फ्याँकेको छ । यस क्रममा केही प्रदर्शनकारी र प्रदर्शनकारी घाइते भएका छन् । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्