थप २६३ जनामा कोरोना संक्रमण:१३ सय बढि संक्रमित निको हुदाँ ४ को मृत्यु

पछिल्लो २४ घण्टामा देशभर ९ हजार ८१५ नमुना परीक्षण गर्दा २ सय ६३ जना नयाँ सङ्क्रमित थपिएका छन्।यस्तै थप १३ सय ३८ संक्रमित डिस्चार्ज भएका छन्।योसँगै देशभर सक्रिय संक्रमितको संख्या अब १२ हजार २२४ बाँकी रहेको छ।

देशभरका प्रयोगशालाबाट आईतबार ६ हजार ५७२ जनाको पीसीआर गर्दा २२९ जना र ३ हजार २४३ जनाको एन्टिजेन परिक्षणमा ३३ गरी २ सय ६२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकी प्रवक्ता डा.संगिता मिश्राले आईतबार प्रेस बिफ्रिङका क्रममा बताउनुभएको हो।

शनिबार ३ सय ५० संक्रमित थपिएका थिए। यो सँगै देशभर संक्रमित हुनेको संख्या ११ लाख १४ हजार १५६ पुगेको छ भने संक्रमित भई निको हुनेको सङ्ख्या ९ लाख ५१ हजार ३९४ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा संक्रमणका कारण ४ जनाको मृत्यु भएको छ। योसँगै सङ्क्रमणका कारण हालसम्म मृत्यु हुनेको संख्या एघार हजार ९२१ पुगेको मन्त्रालयको तथ्याङकमा उल्लेख छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्