बुधबार २५५ थपिए संक्रमित, नेपालमा कुल संक्रमितको संख्या १६४२३

काठमाडौं । नेपालमा आज बुधबार २५५ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै नेपालमा कुल संक्रमितको संख्या १६ हजार ४२३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा २५३ जना जना कोरोनामुक्त भएर घर फर्किएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ७ हजा ७५२ पुगेको छ ।

हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ३५ रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्