बेलारुसमा रुसको सैन्य अभ्यासः युद्धको खतरा बढेको अमेरिकाको दाबी

एजेन्सी, ९ फागुन।

रुसले बेलारुसमा सैन्य अभ्यास बढाएको भन्दै युक्रेन माथि छिट्टै आक्रमण गर्ने अमेरिकी विदेशमन्त्री एन्टोनी बिङ्केनले दाबी गरेका छन् । युक्रेनसँग सीमा जोडिएको मुलुक बेलारुसमा झण्डै ३० हजार रुसी सैनिक तैनाथ गरिएपछि युक्रेनमा सम्भावित युद्धको खतरा झन् बढेको र कुनै पनि बेला आक्रमण हुन सक्ने अमेरिकी दाबी छ । रुसले बेलारुसमा सैनिक अभ्यास बढाएपछि पूर्वी युक्रेनमा थप तनाव भएको बताइएको छ । अमेरिकी गुप्तचरहरुले अपुष्ट स्रोतबाट प्राप्त गरेको सूचना अनुसार रुसी कमाण्डरहरुले युद्धको निर्देशन दिइसकेका छन् ।

युक्रेनले भने तत्काल रुसले आक्रमण गर्न सम्भव नभएको जनाएको छ । युक्रेनले आफ्नो सीमा नजिकै कुनै पनि सैन्य गतिविधि नभएको जनाएको छ । रुसले पनि छिमेकी मुलुक युक्रेन माथि कुनै पनि आक्रमणको योजना नरहेको भन्दै अमेरिकी आरोप अस्वीकार गर्दै आएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्