बार एशोसियसनको चैत्र १९ गते चुनाव हुँदै, निर्वाचन तालिका सार्वजनिक

काठमाडौं, ९ फागुन ।

नेपाल बार एशोसियसनको चैत्र १९ गते निर्वाचन हुँदैछ । बारको निर्वाचन समितिले आज (सोमबार) निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । निर्वाचनबाट एक अध्यक्ष, ८ जना उपाध्यक्ष, एक महासचिव, १ जना कोषाध्यक्ष र १४ जना सदस्यहरु निवार्चित हुनेछन् । सार्वजनिक भएको तालिका अनुसार फागुन १० गते मतदाता नामावली प्रकाशन हुनेछ । त्यस्तै, दाबी विरोधमा जाँचबुझ १९ गते हुनेछ भने अन्तिम मतदाता नामावली २० गते प्रकाशन हुने भएको छ ।

यसैगरी, बारको निर्वाचनको लागि फागुन २३ गते ११ बजेदेखि दिउँसो ३ बजेसम्म उम्मदवारी दर्ता गराउने समय निर्धारण गरिएको छ । दोस्रो नामावली फागुन २४ गते, नाम फिर्ता र अन्तिम नामावली २५ गते प्रकाशन गरिने जनाइएको छ । मतदान चैत्र १९ गते बिहान ८ बजेदेखि ४ बजेसम्म हुने निर्वाचन समितिले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्