गजुरीमा सालकको खपेटासहित दुई जना पक्राउ

धादिङ,०९ फागुन ।

गजुरी गाउँपालिका–१ गजुरीबजारबाट करिब १ केजी सालकको खपेटा सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–२ बस्ने २४ वर्षी शेर बहादुर तामाङ र काठमाडौं शंखरापुर नगरपालिका–२ बस्ने १९ वर्षीय मान बहादुर तामाङ छन् । उनीहरुलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो । 

आदमघाटबाट गजुरीतर्फ आउँदै गरेको ना.८ ख ८४२९ नम्बरको ट्रकलाई ईलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा ट्रकमा लुकाई राखेको अवस्थामा उक्त खपेटा फेला पारी ट्रक चालक शेर बहादुर र ट्रकमा सवार मान बहादुरलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्