७ जनाको परिक्षणमा ३ जनाको कोरोना पोजिटिभ,४ संक्रमित निको भए

धादिङका थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज जिल्लामा गरीएको ७ एन्टीजेन परिक्षणमा ज्वालामुखीमा १ र गंगाजमुनामा २ गरि ३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।

यस्तै आज थप ४ जना कोरोना संक्रमित संक्रमण मुक्त भएका छन् । हाल कोरोना संक्रमण दर ४२ प्रतिशत रहेको छ।जिल्लामा हाल सक्रिय संक्रमित ३२ जना बाँकी रहेका छन्।संक्रमित सबै होम आइसोलेसनमा रहेका छन् ।

जिल्लामा अहिलेसम्म संक्रमित हुनेको सङ्ख्या १० हजार ४८८ पुगेको छ।संक्रमित मध्ये ९ हजार ३९५ निको भईसकेका छन् भने संक्रमणका कारण ८१ जनाले ज्यान गुमाएका छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्