सर्वोच्चद्वारा एमसीसीविरुद्धको रिट दर्ता गर्न अस्वीकार

काठमाडौं,१० फागुन ।

सर्वोच्च अदालतले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताविरुद्धको रिट दर्ता गर्न अस्विकार गरेको छ । 

अधिवक्ता सुरेन्द्र भण्डारीले सोमबार एमसीसी अगाडि नबढाउनका लागि अन्तरिम आदेश माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । तर, मंगलबार सर्वोच्चले रिट दरपीठ गरिदिएको हो। 

सर्वोच्च अदालत प्रशासनले सरकारको नीतिगत निर्णय अदालतको क्षेत्राधिकारमा नपर्ने भन्दै रिट दरपीठ भएको जनाएको छ । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्