‘ए’ डिभिजन लिगः पुुलिस र एपीएफ बराबरीमा रोकिए

काठमाडौं, १० फागुन ।

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा नेपाल पुलिस क्लब र नेपाल एपीएफ क्लब बराबरीमा रोकिएका छन् ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको पहिलो खेलमा पुलिस र एपीएफ १–१ गोलको बराबरीमा रोकिदै अंक बाढ्न बाध्य भएका हुन् ।

खेलको पहिलो मिनेटमै पुलिसका सुमन लामाले गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए ।

तर, खेलको ४१औं मिनेटमा प्रदिप लामाले गोल गर्दै एपीएफलाई १–१ गोलको बराबरीमा ल्याउँदै हारबाट जोगाए ।

यस बराबरीसँगै पुलिसले १२ खेलमा १२ अंक जोडेको छ भने एपीएफले १२ खेलमा १५ अंक जोडेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्