धादिङमा कोरोना संक्रमण दर ६६ प्रतिशत,सक्रिय संक्रमित ३३ जना बाँकी

धादिङका थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लामा परिक्षण घटेसँगै संक्रमित हुनेको संङ्ख्या घटेको छ।

आज जिल्लामा गरीएको ३ एन्टीजेन परिक्षणमा ज्वालामुखीमा १ र गंगाजमुनामा १ गरि २ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । यस्तै आज थप १ जना कोरोना संक्रमित संक्रमण मुक्त भएका छन् ।

हाल कोरोना संक्रमण दर ६६ प्रतिशत रहेको छ।जिल्लामा हाल सक्रिय संक्रमित ३३ जना बाँकी रहेका छन्।संक्रमित सबै होम आइसोलेसनमा रहेका छन् ।

जिल्लामा अहिलेसम्म संक्रमित हुनेको सङ्ख्या १० हजार ४९० पुगेको छ।संक्रमित मध्ये ९ हजार ३९६ निको भईसकेका छन् भने संक्रमणका कारण ८१ जनाले ज्यान गुमाएका छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्