आज ४७६ जनामा कोरोना संक्रमणः८३१ संक्रमित डिस्चार्ज

पछिल्लो २४ घण्टामा देशभर ९ हजार ४२४ नमुना परीक्षण गर्दा ४ सय ७६ जना नयाँ सङ्क्रमित थपिएका छन्।यस्तै थप ८ सय ३१ संक्रमित डिस्चार्ज भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या अब १० हजार ७४७ बाँकी रहेको छ।

देशभरका प्रयोगशालाबाट आईतबार ६ हजार ६०४ जनाको पीसीआर गर्दा २९९ जना र २ हजार ८२० जनाको एन्टिजेन परिक्षणमा १७७ गरी ४ सय ७६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

आईतबार २ सय ६२ संक्रमित थपिएका थिए। यो सँगै देशभर संक्रमित हुनेको संख्या ११ लाख १४ हजार ७२१ पुगेको छ भने संक्रमित भई निको हुनेको सङ्ख्या ९ लाख ५३ हजार ४३० पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा संक्रमणका कारण ३ जनाको मृत्यु भएको छ। योसँगै सङ्क्रमणका कारण हालसम्म मृत्यु हुनेको संख्या एघार हजार ९२८ पुगेको मन्त्रालयको तथ्याङकमा उल्लेख छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्