धादिङमा पुनरुत्थानशिलता विश्लेषण तथा जीविकोपार्जन सम्बन्धी विस्तृत अध्ययन कार्यशाला सम्पन्न

धादिङमा पुनरुत्थानशिलता विश्लेषण तथा जीविकोपार्जन सम्बन्धी विस्तृत अध्ययन कार्यशाला गोष्ठी सम्पन्न भएको छ। राष्ट्रिय योजना आयोग, प्रदेश निति तथा योजना आयोग र जिल्ला समन्वय समिति धादिङको समन्वय एवं संयुक्त राष्ट्रसंघ विश्व खाद्य कार्यक्रमको सहकार्यमा मङ्गलबार धादिङको गजुरीमा कार्यशाला गोष्ठी सम्पन्न भएको हो।

जिल्ला समन्वय समिति प्रमुख जगन्नाथ नेपालको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश योजना आयोगका उपाध्यक्ष डा.कृष्णराज पन्तको प्रमुख आतिथ्यता रहेको थियोे।त्यस्तै वाग्मती प्रदेश योजना आयोग सदस्य एवं पूर्व संविधानसभा सदस्य प्रल्हाद लामिछानेको बिशेष आतिथ्यता रहेको कार्यक्रममा धादिङ निर्वाचन क्षेत्र नं.१ को ६ वटा स्थानीय तहको सहभागीता रहेको थियोे।

कार्यशाला गोष्ठीमा संयुक्त राष्ट्रसंघ विश्व खाद्य कार्यक्रम बागमती प्रदेशका संयोजक राजु क्षेत्रीले पुनरुत्थानशिलता विश्लेषण तथा जीविकोपार्जन अभ्यासको अबधारणा, जिबिकोपार्जन के हो? सम्बन्धी प्रशिक्षण गराउनुभएको थियो। उहाँले जलवायु परिवर्तनको असर र जीविकोपार्जनमा ल्याएको समस्याका बारेमा जानकारी गराउनुभएको थियो।

जिल्ला समन्वय समिति धादिङको प्रमुख जगन्नाथ नेपालले भोकमरीको अन्त्य, खाद्य सुरक्षा, पोषणमा सुधार र दिगो कृषि प्रर्वदन जस्ता दिगो विकासका लक्ष्यहरू हासिल गर्न स्थानीय तहको सक्रियता आवश्यक रहेको बताउनुभयो। उनले आइपर्ने विपतको सामना गर्न र आफ्नो पालीकाको उत्पादन वृद्धिमा स्थानीय तहले नीति निर्माण गर्दा विशेष ध्यान दिन जरुरी रहेको बताउनुभयो।

बागमती प्रदेश योजना आयोगका उपाध्यक्ष डा.कृष्णराज पन्तले जलवायु परिवर्तन विश्वव्यापी चुनौतीको विषय भएको बताउँदै यसलाई न्यूनिकरण गर्न प्रत्येक स्थानीय तहले भूमिका खेल्नु पर्ने बताउनुभयो।नेपाललाई दिगो विकासको लक्ष्य हासिल गराउन भोकमरी अन्त्य गराउन आवश्यक रहेको बताउँदै पन्तले जलवायु परिवर्तनले उत्पादनमा ल्याएको कमीलाई हटाउन आआफ्नो क्षेत्रबाट भूमिका खेल्नु पर्ने बताउनुभयो।

कार्यक्रममा जिल्ला समन्वय अधिकारी हरि प्रसाद अर्याल,धुनिबेशि नगरपालिका प्रमुख बालकृष्ण आचार्य, उप–प्रमुख निरु खरेल,गजुरी गाउँपालिका अध्यक्ष राजेन्द्र बिक्रम बस्नेत, उपाध्यक्ष सीता ढुङ्गाना, सिद्धलेक गाउँपालिका अध्यक्ष प्रेमनाथ सिलवाल, बेनिघाट रोराङ गाउँपालिका उपाध्यक्ष देवीप्रसाद सिल्वाल, कृषि ज्ञान केन्द्र, धादिङ उधोग बाणिज्य संघ, जिल्ला रेडक्रस, स्थानीय तहका कृषि शाखाका प्रमुख तथा प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।जिल्लाको क्षेत्र नं.२ को भने बिहिवार जिल्ला समन्वय समितिको सभाहलमा हुने राजु क्षेत्रीले जानकारी दिनुभयो।

No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्