एसएसपी उमेश राज जोशी अनाधिकृत पार्किङ्ग गर्ने विरूद्ध उत्रिए एक्सनमा

धादिङ,१० फागुन।
‘कहाँ पार्किङ्ग गर्नुभएको? सडकमा पार्किङ गर्न पाईन्छ ?’ भन्दै सयौँ सवारीसाधनहरूसँग साक्षात्कार । अनाधिकृत पार्किङ्ग गर्ने सवारीसाधनलाई ठाउँका ठाउँ कारवाही गर्न निर्देशन ।

आज दिउँसो महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशी बौद्ध जोरपाटीमा पुगेर आफैले अनुगमन गर्नुभयो ।

स्थानीय जनप्रतिनिधि, बुद्धिजिवी, बासिन्दा तथा चालकहरूसँग एसएसपी जोशीले गुनासो तथा समस्याबारे जानकारी समेत लिनु भयो ।

महाशाखाले काठमाडौं उपत्यकामा हुने अत्यधिक जामलाई व्यवस्थित पार्न, अनाधिकृत पार्किङलाई निरुत्साहित गर्न तथा शहरी सुन्दरतामा ल्याउन ठाउंका–ठाउं कारवाही गर्ने तथा ‘ह्वील लक’ लगाउने कार्य नियमित गरिरहेको पनि छ ।

No description available.
No description available.
No description available.

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्