वरिष्ठ लोक गायक तथा कलाकार जयनन्द लामाको निधन

काठमाडा,११ फागुन।
वरिष्ठ लोक गायक तथा कलाकार जयनन्द लामाको निधन भएको छ।

उहाँको बुधबार बिहान २ बजे भक्तपुरस्थित कौशलटारमा निधन भएको हो।हिजो एक कार्यक्रमबाट घर फर्किने बेलामा गाडीबाट लड्नु भएको र टाउकोमा गहिरो चोट लागेको भनिए पनि औपचारिक पुष्टि भइसकेको छैन । उहाँको शवलाई पोस्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्जमा लैजाने तयारी भइरहेको छ ।

सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका–२ धार्पाका लामा दर्जनौं लोकप्रिय गोक गीत संकलन तथा गाउनुभएको छ भने थुप्रै मौलिक लोकगीत गाउनुका साथै चलचित्र र टेलिश्रृंखलामा अभिनयसमेत गर्नुभएको छ।

उहाँको स्वरमा कलकते काइँयो‚ चुँइचुँइ चुइकिने जुत्तालगायतका लोकप्रिय गीत रहेको छ। लामा नेपाली लोकदोहोरी संगीतको रियरिलटी शो ‘नेपाल लोकस्टार’को निर्णायकको भूमिकामा आबद्ध रहनुभएको थियो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्