देशभर थप ३१२ जनामा कोरोना संक्रमणः९११ संक्रमित डिस्चार्ज

पछिल्लो २४ घण्टामा देशभर ८ हजार ६३९ नमुना परीक्षण गर्दा ३१२ नयाँ सङ्क्रमित थपिएका छन्।यस्तै थप ९ सय ११ संक्रमित डिस्चार्ज भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या अब १० हजार ९० बाँकी रहेको छ।

देशभरका प्रयोगशालाबाट आज ५ हजार १०३ जनाको पीसीआर गर्दा २५६ जना र ३ हजार ५९० जनाको एन्टिजेन परिक्षणमा ५६ गरी ३१२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकी प्रवक्ता डा.संगिता मिश्राले आज प्रेस ब्रिफिङका क्रममा बताउनुभएको हो।

मंगलबार ४७६ संक्रमित थपिएका थिए। यो सँगै देशभर संक्रमित हुनेको संख्या ११ लाख १५ हजार ३३ पुगेको छ भने संक्रमित भई निको हुनेको सङ्ख्या ९ लाख ५४ हजार ३४१ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा संक्रमणका कारण २ जनाको मृत्यु भएको छ। योसँगै सङ्क्रमणका कारण हालसम्म मृत्यु हुनेको संख्या एघार हजार ९३० पुगेको मन्त्रालयकी प्रवक्ता डा.मिश्राले प्रेस ब्रिफिङका क्रममा बताउनुभयोे।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्