धादिङका थप तिनजना संक्रमण मुक्त,सक्रिय संक्रमित ३० बाँकी

धादिङ,११ फागुन।
धादिङका थप तिन जना कोरोना संक्रमित संक्रमण मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा जिल्लामा परिक्षण नहुदाँ नयाँ संक्रमित नदेखिएको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ ।

जिल्लामा हाल सक्रिय संक्रमित ३० जना बाँकी रहेका छन्।संक्रमित सबै होम आइसोलेसनमा रहेका छन् ।

जिल्लामा अहिलेसम्म संक्रमित हुनेको सङ्ख्या १० हजार ४९० पुगेको छ।संक्रमित मध्ये ९ हजार ३९६ निको भईसकेका छन् भने संक्रमणका कारण ८१ जनाले ज्यान गुमाएका छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्