सुरक्षित बैदेशिक रोजगारको लागि धादिङ प्रशासनसँग अन्तरक्रिया कार्यक्रम

जिल्ला प्रशासन कार्यालय धादिङ र सुरक्षित आप्रवासन सामी परियोजना बिच बुधबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

बैदेशिक रोजगारलाई सुरक्षित, भरपर्दो र मर्यादित बनाउनको लागि काम गर्दै आईरहेको सामी परियोजनाले कामलाई अझै व्यवस्थित र समन्वयात्मक ढंगबाट अगाडी बढाउनको लागि अन्तरक्रिया कार्यक्रमको आयोजना गरीएको सामी परियोजनाका लेखा तथा प्रशासन अधिकृत सम्झना भण्डारीले जानकारी दिनुभयो ।

अन्तरक्रिया कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल, सहायक प्रमुख जिल्ला अधिकारी ध्रब प्रसाद कोईराला, नीलकण्ठ नगरपालिकाका प्रशासन अधिकृत लोकनाथ उपाध्याय लगायत जिल्ला प्रशासन कार्यालयका शाखा प्रमुख लगायत कर्मचारीहरुको सभागिता रहेको थियो ।

No description available.

कार्यक्रममा सुरक्षित आप्रवासन सामी परियोजनाका कार्यक्रम संयोजक दिनेश दुवाडीले सामी परियोजनाले गर्ने काम र जिल्ला प्रशासन कार्यालय र आप्रवासी श्रोत केन्द्र बिच हुने सहकार्य तथा प्रशासन कार्यालयको भुमिकाको विषयमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव प्रसाद कोईरालाले बैदेशिक रोजगारलाई सुरक्षित, भरपर्दो र मर्यार्दित बनाउनु हामि सबैको दायित्वभन्दै उहाँले एक आपसमा सहकार्य गरेर अघि बढ्नुपर्ने बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालयमा पासपोर्ट बनाउन आउनेहरुलाई अनिवार्य आप्रवासी श्रोत केन्द्र पठाउनको लागि जिल्ला प्रशासन कार्यालयले भुमिका खेलीरहेको समेत स्पष्ट पार्नुभयो। धादिङको ४ वटा पालिकामा सामी परियोजना सन्चालनमा रहेको छ ।

No description available.

जिल्लाको नीलकण्ठ नगरपालिका, धुनिवेशी नगरपालिका, थाक्रे गाउँपालिका र गंगाजमुना गाउँपालिकामा परियोजनाले निशुल्क सूचना तथा परामर्श, मनोसामाजिक परामर्श, बित्तिय साक्षरता कार्यक्रम सन्चालन भईरहेको र जिल्लाभर भने उद्धार तथा आकस्मिक सहयोग, न्यायको लागी निशुल्क कानूनी सहायता एवम निशुल्क सिप तालीमहरु प्रदान गरिरहेको कार्यक्रम संयोजक दिनेश दुवाडीले जानकारी दिनुभयो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्