गण्डकी गाउँपालिकाको भुम्लिचोकमा प्रहरी चौकी स्थापना

गोरखाको गण्डकी गाउँपालिका भुम्लिचोकमा प्रहरी चौकी स्थापना गरिएको छ।बुधबार एक समारोहका बिच गोरखाका प्रमुख जिल्ला अधिकारि शंकरहरि आचार्यले प्रहरी चौकीको उद्घाटन गर्नुभएको हो।

कार्यक्रमलाई सम्बोधन गर्नु हुदै प्रमुख जिल्ला अधिकारी आचार्यले प्रहरीहरुलाई प्रभाव, दबाब र रबाफमा नपरी कानून सम्मत ढंगले जनताको सेवामा समर्पित हुन निर्देशन दिनुभयो।साथै गाउँपालिका भित्र अध्यक्ष,वडा अध्यक्षहरु र प्रतिनिधिहरु संग आबश्यक समन्वय गरि काम गर्न समेत निर्देशन दिनुभएको छ।

कार्यक्रममा वडा न. ६ का वडाध्यक्ष जीवन गुरुङले कार्यकालको उतरार्धमै भए पनि प्रहरी चौकी स्थापना हुनु खुसीको कुरो रहेको बताउनुभयो।यस्तै राजनैतिक दलका प्रतिनिधि भिम श्रेष्ठले जनप्रतिनिधिहरुको कार्यकालको उत्तरार्धमै भए पनि प्रहरी चौकी स्थापना हुनु यस क्षेत्रको गर्वको बिषय रहेको बताउनुभएको थियो।

त्यसैगरि प्रहरी उपरीक्षक शेखर खनालले प्रहरी चौकी स्थापनाका लागि निशुल्क जग्गा उपलब्ध गराउने जग्गादाताहरु र आबश्यक समन्वय गर्नुहुने गाउँपालिका अध्यक्ष लगायत सम्पूर्णमा धन्यवाद ब्यक्त गर्दै खटि आउने प्रहरी टिमले जनताका लागि शान्ति सुरक्षा र आबश्यक अन्य सेवा प्रवाह गर्न निर्देशन दिनुभएको छ।

यस्तै गण्डकी गाउँपालिकाका अध्यक्ष होम बहादुर राना मगरले मुस्कान सहितको सेवा प्रवाह गर्दै समाजमा शान्ति सुरक्षा र अमनचयन कायम गर्न आग्रह गर्नु भयो । कार्यक्रममा गण्डकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जित बहादुर भण्डारीले बिशेष धन्यबाद सहित आगन्तुकहरुको स्वागत गर्नु भएको थियो।

No description available.

गण्डकी गाउँपालिका अध्यक्ष मगरको अध्यक्षता भएको समुद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारि आचार्यको प्रमुख आतिथ्यता रहेको थियो।कार्यक्रममा नेपाल प्रहरीका प्रहरी उपरीक्षक खनाल, राष्ट्रिय अनुसन्धानका उप अनुसन्धान निरिक्षक सुदिप अधिकारी,ससस्त्र प्रहरी बलका प्रहरी नायब निरीक्षक रमेश थापा मगर,गण्डकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भण्डारी, वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, राजनीतिक दलका प्रतिनिधि, शिक्षकवर्ग, कर्मचारीहरु तथा जनसमुदायको उपस्थिति रहेको गण्डकी गाउँपालिकाका कृषी बिकास अधिकृत कृष्ण प्रसाद भट्टराईले जानकारी दिनुभयो।

No description available.
No description available.

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्