शिवरात्रीमा दोस्रो सिद्धलेक धार्मिक पर्यटन तथा साँस्कृतिक महोत्सव हुने,आउदै छन यी राष्ट्रिय कलाकार

शिवरात्रीको अवसरमा सिद्धलेकको सिद्धबाबा मन्दिरमा दोस्रो सिद्धलेक धार्मिक पर्यटन तथा साँस्कृतिक महोत्सव हुने भएको छ ।यहि फागुन १७ गते विविध सांस्कृतिक कार्यक्रम सहित दोस्रो सिद्धलेक धार्मिक पर्यटन तथा साँस्कृतिक महोत्सव गर्न लागिएको सिद्धलेक ढेवा डाँडा समाज नेपालका सल्लाहाकार अमृत गुरुङ(तिलक)ले जानकारी दिनुभयो।

कार्यक्रममा राष्ट्रिय स्तरका कलाकारहरु खेम सेन्चुरि, चिज गुरुङ, अस्मिता डल्लाकोटी, रविन लामिछाने, रिता रावत, बालकलाकार सुप्रिम मल्ल, विन्दा परियार लगायत स्थानीय कलाकारहरुको साथमा गोधुलि साँस्कृतिक परिवारको विशेष प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ।

साथै खेलाडीहरुद्वारा रोडिज पनि प्रदर्शन गरिने कार्यक्रम तय भएको छ । कार्यक्रमको अवसरमा खुल्ला रक्तदान कार्यक्रमको समेत आयोजना गरिएको अमृत गुरुङ(तिलक)ले जानकारी दिनुभयो ।

गतबर्ष सांस्कृतिक कार्यक्रम ढिला सुरु भएपनि यस बर्ष भने १० बजेबाट नै कार्यक्रम सुरु हुने छ । जिल्लाकै ऐतिहासिक धार्मिक तथा पर्यटन स्थल धादिङ्गको सिद्धलेक गाँउपालिकाभित्र पर्ने साविकको नलाङ्ग र सलाङ्ग (हाल वडा नं. २, ३ र ४) को सिमानामा अवस्थित सिद्धलेक तथा ढेवा डाँडामा हरेक बर्ष महाशिवरात्रीमा मेला लाग्ने गर्दछ ।

आयोजकले उक्त धार्मिक तथा सांस्कृतिक महोत्सवमा सहभागि हुन सम्पुर्णलाई अपिल गरेको छ । साथै स्टल बुकिङ खुल्ला गरिसकेकोले स्टल आवश्यक पर्ने व्यावसायीले आयोजकलाई सम्पर्क गरि आफ्नो स्टल सुरक्षित गर्नको लागि समेत आयोजकले अपिल गरेको छ ।फाईल तस्विर

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्