पछिल्लो २४ घण्टामा देशभर ७ हजार ७४३ नमुना परीक्षण गर्दा ३१८ नयाँ सङ्क्रमित थपिएका छन्।यस्तै थप ५ सय ६२ संक्रमित डिस्चार्ज भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या अब ९ हजार ६७८ बाँकी रहेको छ।
देशभरका प्रयोगशालाबाट आज ५ हजार ५०८ जनाको पीसीआर गर्दा १५१ जना र २ हजार २३५ जनाको एन्टिजेन परिक्षणमा १६७ गरी ३१८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
बुधबार ३१२ संक्रमित थपिएका थिए। यो सँगै देशभर संक्रमित हुनेको संख्या ११ लाख १५ हजार ३५१ पुगेको छ भने संक्रमित भई निको हुनेको सङ्ख्या ९ लाख ५४ हजार ९०३ पुगेको छ।
यस्तै पछिल्लो २४ घण्टामा संक्रमणका कारण १ जनाको मृत्यु भएको छ। योसँगै सङ्क्रमणका कारण हालसम्म मृत्यु हुनेको संख्या एघार हजार ९३१ पुगेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ।