रुबी जस्तो देखिने ४० किलो सेतो ढुंगासहित ४ जना महिला पक्राउ

धादिङको खनियाबास गाउँपालिका वडा नं. ४ किन्ताङफेदीबाट रुबी जस्तो देखिने टल्कने सेतो ढुंगासहित ४ जना पक्राउ परेका छन्।

मंगलबार सेर्तुङ बोराङबाट धादिङबेशी तर्फ आउदै गरेको ना १ ज २७७१ नं.को बोलेरो गाडीलाई अस्थायी प्रहरी पोष्ट किङताङफेदीमा कार्यरत प्रहरी टोलिले रोकी चेकजाँज गर्दा अवैध रुपमा लुकाई छिपाई ल्याउँदै गरेको रुबी जस्तो देखिने टल्कने ४० (चालिस) के.जी.सेतो ढुंगासहित ४ जना महिलाहरुलाई पक्राउ गरेको हो ।पक्राउ पर्नेको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन ।

पक्राउ परेकाहरुलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय धादिङ मार्फत डिभिजन वन कार्यालय धादिङबेशीमा बुझाइएको प्रहरीले जनाएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्