एमसीसी सम्झौतामा छलफल गर्न प्रतिनिधि सभाको बैठक आज बस्दै

काठमाडौँ ।  प्रतिनिध सभाको बैठक आज पुनः बस्दै छ । अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) प्रस्तावमाथि छलफलका लागि आज बैठक बोलाइएको हो ।

 बिहीबारका लागि बोलाइएको बैठक सरकारको आग्रहमा सूचना टाँसेर स्थगित भएको थियो । 

एमसीसी गत आइतबार संसद्मा सरकारका तर्फबाट टेबुल भइसकेको छ । एमसीसीबारे सत्तारूढ र प्रमुख प्रतिपक्षी दलको आ–आफ्नै रणनीति छ । सत्तारूढ नेपाली कांग्रेस एमसीसी संसद्बाट पारित गर्ने पक्षमा उभिँदै आएको छ भने सत्तारूढ मध्येका दुई दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले एमसीसी टेबल गर्ने सहमति गरेपनि यथावत् अवस्थामा पास भने हुन नसक्ने अडान लिएका छन् । त्यस्तै, जसपा अनिर्णित रहँदा जनमोर्चा भने सडकमा उत्रिसकेको छ । 

यसैबीच बिहीबार दिनभर प्रधानमन्त्री शेरबहादुर देउवा सक्रिय भए । प्रधानमन्त्री देउवाले गठबन्धनलाई छोडेर प्रमुख प्रतिपक्षी नेकपा एमालेसँगको छलफल अघि बढाएका छन् । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्