नीलकण्ठ–६ को भैरवी मा.विमा नागरिक समाजको अनुगमन

नागरिक समाजले धादिङको नीलकण्ठ नगरपालिका–६ मा रहेको भैरवी माध्यामिक विद्यालयमा अनुगमन गरेको छ ।पारस्पारिक जवाफदेहिता परियोजना कार्यक्रम अन्र्तगत सरकारी निकायहरुबाट प्रवाह भईरहेको सेवाहरुबारे विहिबार नागरिक समाजले अनुगमन गरेको हो ।

अनुगमनमा डेक नेपालका जिल्ला संयोजक शेर बहादुर भण्डारी, उद्योग वाणिज्य महासंघ धादिङका अध्यक्ष रुद्र बहादुर खत्री, नागरिक समाजका श्याम मगराती, अपाङ कल्याण संघ धादिङका अध्यक्ष गुणराज खविडा, नेपाल रेडक्रस सोसाईटी धादिङका उपमन्त्री नारायण कुमार श्रेष्ठ, पत्रकार महासंघ धादिङका कोषाध्यक्ष सन्जय देवकोटा लगाएतको सहभागिता रहेको थियो।

संघसंस्थाहरुले राज्यबाट भएका सेवा के कसरी प्रवाह गरिरहेको छन् र त्यसबाट सेवाग्राही सन्तुष्ट छन् कि छैनन् भन्ने उद्धेश्यले नागरिक समाजको तर्फबाट अनुगमन गरिएको नागरिक पारस्पारिक जवाफदेहिता परियोजना डेक नेपालका जिल्ला संयोजक शेरबहादुर भण्डारीले बताउनुभयो ।

अनुगमनका क्रममा विद्यालयको व्यवस्थापन समितिले वार्षिक रुपमा गरेका काम, समितिले गरेका निर्णय, सार्वजनिक सुनुवाई समयमा भएको छ कि छैन, विद्यार्थीको भर्ना दर लगाएतको बारेमा अनुगमन गरिएको हो ।

नागरिक समाजले विगतको समयमा पनि सेवा प्रवाहको निगरानी तथा अनुगमन गर्दै आएको छ । अनुगमनले धेरै परिवर्तन ल्याउन नसकेपनि केहि विषयहरुमा भने सुधार आएको भण्डारीले बताउनुभयो ।त्यस्तै अपाङ कल्याण संघ धादिङका अध्यक्ष गुणराज खविडाले अझै पनि विद्यालयका भौतिक संरचनाहरु अपाङमैत्री हुन नसकेकोले हरेक विद्यालयहरुले यस विषय प्रति ध्यान दिनुपर्ने बताउनुभयो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्