धादिङबेशीमा आयुर्वेद सेवा सम्बन्धी अभिमुखीकरण कार्यक्रम

धादिङ,२५ असार । धादिङका जनप्रतिनिधी तथा पत्रकारहरुलाई दिएको आयुर्वेद सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । बिहिबार धादिङबेशीमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धादिङको आयोजनामा जनप्रतिनिधी तथा पत्रकारहरुलाई आयुर्वेद सम्बन्धी जानकारी गराईएको हो । 

कार्यक्रममा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धादिङका प्रमुख डा.सुइरा जोशीले आयुर्वेद पुरानो चिकित्सा प्रणाली भएकोले अहिलेको नयाँ पुस्तामा यसको राम्रो जानकारी नभएको भन्दै उपचार गर्नको निम्ति अस्पतालहरुनै धाउने गरेको बताउनु भयो । 

आयुर्वेदमा धेरै भ्रमहरु पनि रहेको, आयुर्वेदलाई कसरी प्रयोग गर्ने भनेर मानिसहरुमा ज्ञान भएको तर त्यसलाई कसरी व्यवहारमा ल्याउने भनेर थाहा नभएको हुनाले यसको बारेमा जानकारी दिने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको जोशीले बताउनु्भयो । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धादिङले निशुल्क रुपमा सेवा प्रदान गर्दै आईरहेको भन्दै अहिले राम्रो स्वास्थ्यकर्मीहरु बाट जनतालाई सेवा दिईरहेको बताउनु भयो  । केन्द्रले ६५ वर्ष भन्दा माथि उमेर भएका व्यक्तिहरुलाई रसायन औषधि, बलबद्र्धक औषधि  जसले रोग सँग लड्ने क्षमता बढाउने औषधिहरु निशुल्क रुपमा प्रदान गर्दै आएको उहाँले बताउनु भयो ।

त्यस्तै गरी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धादिङमा थप गरीएको सेवा अन्र्तगत ल्याव, फिजियोथेरापी र पायल्स फिस्टुला भएका विरामीहरुलाई सत प्रतिशत उपचार दिने बताउनु भयो । उहाँले धेरै मानिसहरुले बाटोमा बेच्न राखिएको आयुर्वेद औषधिहरु खाँदा धेरै समस्या हुन सक्ने हुनाले जथाभावी विक्रि वितरण गर्दै हिडेको आयुर्वेद औषधि प्रयोग नगर्न आग्रह गर्नुभएको छ । यदि प्रयोग नै गर्नुपरेमा तालिम प्राप्त स्वास्थ्यकर्मी अथवा औषधालयमानै आएर जानकारी लिन सकिने बताउनु भएको छ । 

कार्यक्रमलाई सम्बोधन गर्नुहुदै नेत्रावती डबजोङ गाउँपालिकाका अध्यक्ष दुर्ग कुमार शाक्यले आयुर्वेद प्रणाली धादिङबेशी क्षेत्रमा मात्रै नभई सबै पालिकामा पुर्याउन पर्ने बताउनु भएको छ । साथै आफ्नो गाउँपालिकामा पनि प्रदेश सरकार सँग सम्मन्वय गरेर आयुर्वेद औषाधालय संचालनमा ल्याउने बताउनु भयो । 

त्यस्तै निलकण्ठ नगरपालिकाका उप–मेयर मनराज भण्डारीले आयुर्वेद मानव जिवनको लागि अति महत्वपुर्ण रहेकोले नगरपालिकाको तर्फ बाट पनि आयुर्वेदको क्षेत्रमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । कार्यक्रममा डाक्टर जोशीले सहभागि पत्रकारहरुलाई जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धादिङले गर्दै आएको कामहरुको बारेमा जानकारी गराउनु भएको थियो । 
वि.सं २०५४ सालमा धादिङमा स्थापना भएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले स्वस्थ व्यक्तिको स्वास्थ्यको रक्षा र रोगी व्यक्तिको रोगको उपचार भन्ने आयुर्वेदको मुल उदेश्यलाई आत्मसाथ गर्दै जिल्ला स्तरीय स्वास्थ्य केन्द्रको हैसियतमा निरन्तर रुपमा सेवा प्रवाह गर्दै आईरहेको छ ।

अहिले सम्म धादिङ जिल्लामा ४ वटा मात्रै आयुर्वेदिक औषाधालय संचालनमा रहेको छ । अहिले सम्म जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धादिङमा ५ हजार १ सय ५६ जना विरामीहरु आएको जोशीले बताउनु भयो ।  जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धादिङका प्रमुख डा.सुइरा जोशीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेत्रावती डबजोङ गाउँपालिकाका अध्यक्ष दुर्ग कुमार शाक्यको प्रमुख आतिथ्य रहेको थियो । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्