शनिबार १५५ कोरोना संक्रमित थपिदा ५४० संक्रमित निको ,२ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर ५ हजार १५२ नमुना परीक्षण गर्दा १५५ नयाँ सङ्क्रमित थपिएका छन्।यस्तै थप ५ सय ४० संक्रमित डिस्चार्ज भएका छन्। योसँगै देशभर सक्रिय संक्रमितको संख्या अब ८ हजार ८३९ बाँकी रहेको छ।

देशभरका प्रयोगशालाबाट आज २ हजार २३९ जनाको पीसीआर गर्दा १०१ जना र २ हजार ९१३ जनाको एन्टिजेन परिक्षणमा ५४ गरी १५५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

बिहिबार २७५ संक्रमित थपिएका थिए। यो सँगै देशभर संक्रमित हुनेको संख्या ११ लाख १५ हजार ७८१ पुगेको छ भने संक्रमित भई निको हुनेको सङ्ख्या ९ लाख ५५ हजार ९९८ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा संक्रमणका कारण २ जनाको मृत्यु भएको छ। योसँगै सङ्क्रमणका कारण हालसम्म मृत्यु हुनेको संख्या एघार हजार ९३४ पुगेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्